काठमाडौं

पाँचौं विश्वकप फुटबल प्रतियोगिता सन् १९५४ मा स्विजरल्यान्डमा सम्पन्न भएको थियो । "/>

विश्वकप विशेष : हंगेरीले दक्षिण कोरियालाई ९–० गोल अन्तरले हराएको त्यो विश्वकप

विश्वकप विशेष : हंगेरीले दक्षिण कोरियालाई ९–० गोल अन्तरले हराएको त्यो विश्वकप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पाँचौं विश्वकप फुटबल प्रतियोगिता सन् १९५४ मा स्विजरल्यान्डमा सम्पन्न भएको थियो । यो प्रतियोगिताको उपाधि पश्चिम जर्मनीले जितेको थियो । त्यति बेला जर्मनी र हंगेरी उपाधिका दाबेदारी थिए । संजोगवश दुवै टोली फाइनलमा पनि पुगे र जर्मनीले हंगेरीलाई ३–२ ले हराएर विश्व विजेता बन्न सफल भयो ।

यो विश्वकप हंगेरीकै भनेर प्रतियोगिता शुरू भए देखि नै भनिएको थियो । फरेन्क पुस्कासको उत्कृष्टता र जर्मनीलाई समूह चरणमा ८–३ ले हराएपछि हंगेरीको उपाधि पक्का भएको सबैले अनुमान लगाइसकेका थिए ।

त्यसमाथि सन् १९५० देखि अपराजित हुँदै आएकाले हंगेरीको जर्मनीसँग फाइनल खेल औपचारिक मात्रै हुने अन्दाज लगाइयो । फेरि फाइनल खेलमा पुस्कास र सजिबोरले गोल गरेर हंगेरीलाई २–० को अग्रता पनि दिलाए । तर जर्मनीका राहनले दुई र मोरलोकले एक गोल गर्दा हंगेरीको विश्व विजेता बन्ने सपना चकनाचुर भयो । सन् १९५० देखि १९५६ सम्ममा यो नै हंगेरीको एक मात्र हार बनेको थियो ।

यसै विश्वकप देखि नै टेलिभिजनमा पहिलोपटक प्रसारण भएको हो । यस्तै हंगेरीले दक्षिण कोरियालाई ९–० गोल अन्तरले हराएर कोरियाको पहिलो विश्वकप स्वाद तीतो बनाएको थियो । हंगेरीले रफ खेल पनि खेलेको थियो । हंगेरी र ब्राजिल बीच भएको क्वार्टरफाइनल खेलमा भिडन्त हुँदा दुवै टोलीका ३–३ खेलाडी रातो कार्डको भागिदार भए । उनीहरुको झगडा खेल समाप्त भएपछि ड्रेसिङ रुम सम्म पनि चलेको थियो । 

Skip This
Logo