काठमाडाैं । युईएफए च्याम्पियन्स लिगको साविक उपविजेता इटालियन क्लब इन्टर मिलानले कजाकस्तानको टोली काइरात अल्माटीमाथि २-१ को कठिन जित दर्ता गरेको छ।
सान सिरो स्टेडियममा भएको खेलमा मिलानलाई काइरातले निकै चुनौती दिएको थियो, तर अन्त्यमा इन्टरले आफ्नो शतप्रतिशत विजयी यात्रा कायम राख्न सफल भयो।
इन्टर मिलानले खेलमा हावी भए पनि गोलका लागि लामो समय संघर्ष गर्नुपर्यो। पहिलो हाफको अन्तिम समय, ४५औँ मिनेट मा कप्तान लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा काइरातले अप्रत्याशित रूपमा खेलमा फर्कियो। ५५औँ मिनेटमा ओफ्री अरद ले गोल गर्दै स्कोर १-१ को बराबरीमा ल्याए। तर इन्टरका डिफेन्डर कार्लोस अगस्टोले ६७औँ मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट शक्तिशाली प्रहार गर्दै दोस्रो गोल गरे र इन्टरलाई २-१ को निर्णायक अग्रता दिलाए।
यो जितसँगै इन्टर मिलानले यस सिजन च्याम्पियन्स लिगमा आफ्नो चारवटै खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ।





























प्रतिक्रिया