काठमाडौं

विश्वकपको अन्तिम तयारीमा व्यस्त फ्रान्ससँग अनुभवी र क्षमतावान खेलाडीको कमी छैन । "/>

फ्रान्स : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी एन्टोइन ग्रिजम्यान

फ्रान्स : विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी एन्टोइन ग्रिजम्यान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपको अन्तिम तयारीमा व्यस्त फ्रान्ससँग अनुभवी र क्षमतावान खेलाडीको कमी छैन । यति हुँदाहुँदै पनि रुस यात्राका क्रममा स्ट्राइकर एन्टोइन ग्रिजम्यान फ्रान्सका मुख्य हतियार हुन् । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने ग्रिजम्यानको प्रदर्शन बेजोड छ । एट्लेटिकोलाई ला लिगाको उपविजेता बनाउन पनि ग्रिजम्यानको भूमिका उत्कृष्ट रह्यो ।

ग्रिजम्यान प्रेरित एट्लेटिकाले अघिल्लो सिजनमा पनि युरोपियन च्याम्पियन्स लिगको फाइनल सम्म पुग्यो । २७ वर्षीय यी प्लेमेकरले करिब १० वर्ष स्पेनकै अर्को क्लब रियल सोसिएडाडबाट खेलेका थिए । उनी सन् २०१४ मा एट्लेटिकोमा आबद्ध भएका हुन् । एट्लेटिकोमा उनले ७९ गोल गरेका छन् । यसैगरी उनले एक सय ४२ गोलका लागि सहयोग समेत गरेका छन् ।

मैदानमा बल पाउना साथ एक्लो प्रयासमा पोस्ट्तर्फ लैजाने र उत्कृष्ट फिनिसिङ गर्ने उनको क्षमता गजबको छ । उनी जस्तोसुकै बलियो प्रतिद्वन्द्वीलाई पनि अत्याउने क्षमता राख्छन् । ग्रिजम्यानको बल छक्याउने कलाले विपक्षी रक्षकलाई सधैं दबाबमा राख्छ । सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीमा आबद्ध भएका ग्रिजम्यानले राष्ट्रिय टोलीका लागि १९ गोल गरिसकेका छन् । उनले ५१ गोलमा सहयोगीको भूमिकासमेत निर्वाह गरेका छन् ।

उमेरसमूहका यू १९, यू २० र यू २१ राष्ट्रिय टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका ग्रिजम्यान रूप विश्वकपको उपाधि चुम्दै इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छन् । सन् २०१४ को विश्वकप अघि खेलिएको पाराग्वेविरुद्घको अभ्यास खेलमा उनले फ्रान्सका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यसपछि खेलिएको जमैकाविरुद्घको अन्तिम अभ्यास खेलमा पनि उनले ओलिभर गिरोडको स्थानमा परिवर्तित खेलाडीको रूपमा मैदान प्रवेश गरी दुई गोल गरेका थिए ।
अन्नपूर्णबाट

Logo