काठमाडौं । मार्की खेलाडी आशिफ शेखको अर्धशतकीय इनिङको मदतमा साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजसमक्ष सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोडेको हो । जनकपुरका लागि आशिफले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । ४१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
तर उनको इनिङ्सले पनि टोलीलाई ठूलो योगफलतर्फ डोर्याउन सकेन । अन्तिमतिर मयन यादवले २९ बलमा नटआउट ३४ रन बनाएर टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।
आजको खेलमा जनकपुरको सुरुवात निकै खराब रह्यो । जनकपुरले पहिलो विकेट मात्र ८ रनमा गुमाएको थियो। आसिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि लगातारको विकेट पतनले रन गति बढ्न सकेन। कप्तान अनिल शाह शून्यमै आउट भए ।
काठमाडौं गोर्खाजको तर्फबाट बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। स्पिनर मिलिन्द कुमार सबैभन्दा सफल बलर बने। उनले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए, जसले जनकपुरको मध्यक्रमलाई ध्वस्त पारेको थियो। करण केसी र सन्तोष यादवले पनि १-१ विकेट लिँदै उनलाई राम्रो साथ दिए।





























प्रतिक्रिया