लिथुनियालाई हराउँदै नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट

लिथुनियालाई हराउँदै नेदरल्यान्ड्स फिफा विश्वकपमा छनोट

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेदरल्यान्ड्स आगामी फिफा विश्वकपमा छनोट भएकाे छ ।

समूह ‘जी’ को महत्त्वपूर्ण खेलमा नेदरल्यान्ड्सले लिथुनियामाथि ४-० को फराकिलो अन्तरले सानदार जित हासिल गरेको हाे । नेदरल्यान्ड्सको जितमा चार फरक खेलाडीले गोल गरे। टोलीका लागि पहिलो गोल खेलको १६औँ मिनेटमा टिजाणी रेन्डरसले गरेका थिए। पहिलो हाफ १-० मा टुंगिएको थियो।

दोस्रो हाफमा डच टोलीले लगातार गोल गर्दै आफ्नो अग्रता बढाएको थियो। खेलको ५८औँ मिनेटमा कोडी गाक्पोले पेनाल्टी मार्फत गोल गरे। त्यसको दुई मिनेटपछि नै ६०औँ मिनेटमा जाभी साइमन्सले टोलीका लागि तेस्रो गोल थपे।

र, गोलको वर्षालाई निरन्तरता दिँदै ६२औँ मिनेटमा डोनेल मालेनले चौथो तथा अन्तिम गोल गरे।

Logo