विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले बलिङमा

विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले बलिङमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको हो । मार्टिन गुप्टिल र फाफ डु प्लेसिसको आगमनले चर्चामा रहेको सन्दीप लामिछानेको विराटनगरको ब्याटिङ लाइनअपमा बसिर अहमत र लोकेश बम जस्ता आक्रामक खेलाडीहरू छन्।

यता कुशल भुर्तेलकाे पोखरा एभेन्जर्स जिम्मी निशम, दिनेश खरेल र रायमोन राइफरको ब्याटिङ तथा विपिन खत्री र सागर ढकालको बलिङमा निर्भर छ। गत संस्करणमा यी दुई टोलीबीचको खेल सुपर ओभरमा गएर पोखराले जितेको थियो, जसले गर्दा आजको खेल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Logo