काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा काठमाडौँका कप्तान करण केसीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि खेल जारी छ ।
आजकाे खेलमा सुदूरपश्चिमकाे ब्याटिङ निरीह देखिएकाे छ । ७ ओभरकाे खेल सकिँदा ४२ रनमा ४ विकेट गुमाइसकेकाे छ ।
आज दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रेका छन् । यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाच विकेटले हराएको थियो । यता पहिलो संस्करणको उपविजेतासमेत बनेको सुदूरपश्चिमको यो पहिलो खेल हो ।
काठमाडौँका लागि केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल खेल्दैछन् ।
सुदूरपश्चिमका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।































प्रतिक्रिया