राष्ट्रपति रनिङ शिल्डः तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी

राष्ट्रपति रनिङ शिल्डः तनहुँका सात पालिकामा सम्पन्न, तीनमा जारी

केन्द्रबिन्दु
12
Shares

दमौली। विद्यालयस्तरदेखि नै विद्यार्थीमा खेलकुदप्रति रुचि बढाउने उद्देश्यसहित तनहुँका पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना भइरहेका छन् । पालिकास्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएपछि जिल्ला खेलकुद विकास समितिले जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो ।

दश पालिकामध्ये तनहुँका सात पालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । तीनवटा पालिकामा प्रतियोगिता जारी छन् । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा प्रतियोगिता सम्पन्न भएका छन् । व्यास नगरपालिकामा बुधबार मात्रै प्रतियोगिता सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र देवघाट गाउँपालिकामा भने प्रतियोगिता जारी छ ।

व्यासको उपाधि सत्यवतीलाई

यहाँको व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा कुल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो । सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जितेको नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालय द्वितीय भएको छ । आदिकविले छ स्वर्ण, तीन रजत प्राप्त गरेको छ । व्यास नगरपालिका–६ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालय १५ पदकसहित तृतीय भएको छ । महेन्द्रज्योतिले पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य पदक जितेको छ ।

बाराही आवासीय माध्यमिक विद्यालय दश पदकसहित चौथो भएको छ । बाराहीले तीन स्वर्ण, चार रजत र तीन कास्य पदक जितेको छ । जनजुक्त शाही मावि पाँच पदकसहित पाँचौँ भएको छ । जनजुक्तले दुई स्वर्ण र तीन रजत पदक जितेको छ । निर्मल मावि छ पदकसहित छैटौँ भएको छ । निर्मलले दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेको छ । ग्रिनस्टार बोर्डिङ स्कुल तीन पदकसहित सातौँ भएको छ । ग्रिनस्टारले दुई स्वर्ण र एक रजत पदक जितेको छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ३३ विद्यालयको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo