काठमाडौं । मोरक्को तथा पेरिस सेन्ट-जर्मेन (पीएसजी) का स्टार फुटबलर अचराफ हाकिमीले सन् २०२५ को सीएएफ अवार्ड्समा पुरुष वर्ष खेलाडीको लागि अफ्रिकी बालोन डी’ओर पुरस्कार जितेका छन् । यो अवार्ड बुधबार रबातमा आयोजित एक समारोहमा उनलाई प्रदान गरिएको हो।
बिगत केही वर्षदेखि हाकिमी विश्व फुटबलमा एक उदाउँदो शक्तिका रूपमा रहेका छन्। मोरक्को राष्ट्रिय टोलीका लागि उनको उत्कृष्ट प्रदर्शनले सन् २०२२ को विश्वकपमा टोलीलाई ऐतिहासिक उपलब्धि दिलाउन महत्त्वपूर्ण योगदान पुर्यायो। उक्त विश्वकपमा मोरक्को क्वार्टरफाइनलमा पुग्ने पहिलो अफ्रिकी र अरब राष्ट्र बनेको थियो।
राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शनका अतिरिक्त, हाकिमी युरोपका शीर्ष पाँच लिगहरूमा सर्वाधिक ३० गोलकाे योगदान गर्ने खेलाडीको कीर्तिमान कायम राख्न सफल भएका छन्। साथै, सफल पासको मामिलामा हाकिमी लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकभन्दा मात्र पछि छन्।





























प्रतिक्रिया