काठमाडौं

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ नेशनल सोतो कराँते डो एशोसिएसन, नेपालले आगामी जेष्ठ ११ र १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा प्रथम ए.पी.एफ. अन्तर्राष्ट्रिय आमन्त्रण सोतो कराँते प्रतियोगिताको आयोजना गर्न लागेको छ । "/>

प्रथम ए.पी.एफ. अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगिता जेठ ११ देखि

प्रथम ए.पी.एफ. अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगिता जेठ ११ देखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ नेशनल सोतो कराँते डो एशोसिएसन, नेपालले आगामी जेष्ठ ११ र १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा प्रथम ए.पी.एफ. अन्तर्राष्ट्रिय आमन्त्रण सोतो कराँते प्रतियोगिताको आयोजना गर्न लागेको छ । यस प्रतियोगितामा नेपाल लगायत सोतो कराँतेलाई खेलकूदको अभिन्न विधामा राख्ने नेपाल, भारत, जापान, श्रीलंका, पाकिस्तान र बंगलादेशका प्रशिक्षक, खेलाडी, अफिसियल र स्वयंसेवक गरी करिब ३ सय जनाको सक्रिय सहभागिता रहने छ ।

नेपालका तर्फबाट सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीहरुले World Karate Federation को नियम अनुसार विभिन्न तौल समूहमा रहेर प्रतिष्पर्धा गर्नेछन् । नेपालको कराँतेको इतिहासमा सबैभन्दा ठूलो धनराशी पुरस्कारको व्यवस्था गर्दै आयोजना गर्न लागिएको यस प्रतियोगिताले नेपाललाई खेलको माध्यमबाट थप परिचित गराउन मद्दत पुग्ने विश्वास गरिएको नेशनल सोतो कराँते डो एशोसिएसनका बरिष्ठ उपाध्यक्ष श्याम डोटेलले जानकारी दिए ।

 

Skip This
Logo