काठमाडौं । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएकाे हाे ।
काठमाडौंको इनिङ्समा कप्तान करण केसीको विष्फोटक ब्याटिङ मुख्य फिनिसिङ रह्यो । करणले मात्र ११ बलमा ३४ रनको धुँवाधार इनिङ्स खेल्दै टोलीको स्कोरलाई सम्मानजनक अवस्थामा पुर्याए ।
ओपनर आकाश त्रिपाठीले भने जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै सर्वाधिक ३२ रन बनाए। उनले ३६ बलको सामना गरे। मध्यक्रममा सन्तोष यादव ले १६ बलमा २६ रनको महत्त्वपूर्ण योगदान दिए।
टिमको सुरुवात भने राम्रो हुन सकेन। बेन चार्ल्सवर्थ र राशिद खान सस्तैमा आउट भएपछि काठमाडौंको ५ विकेट जम्मा ७३ रनमै पतन भएको थियो। त्यसपछि सन्तोष यादव, गेर्हार्ड इरास्मस र करण केसीको उपयोगी इनिङ्सको मद्दतले टोलीले १५० को आँकडा पार गर्न सफल भयो।
लुम्बिनी लायन्सका लागि कप्तान राेहित पाैडेल, शेर मल्ल, गुल्बादिन नायब, रुवेनले समान २ विकेट लिए।































प्रतिक्रिया