एनपीएलः जनकपुरले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

एनपीएलः जनकपुरले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ । जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आआफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, “आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्ण भएको हो ।”

बिहीबार पनि उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए । सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।

Skip This
Skip This
Logo