काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को १२औं खेलमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच भिडन्त हुँदैछ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् । यता चितवन अब ब्याटिङमा उत्रनेछ ।
यस सिजन विराटनगर किंग्सले आगो ओकलिरहेको छ । उनीहरूले लगातार तीन खेल जितेर लिगलाई नै आफ्नो कब्जामा राखेका छन् । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै एनपीएल इतिहासकै सर्वाधिक २२१ रन बनाएको विराटनगरले दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्यो । त्यस्तै तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले हराउँदै उपाधि होडमा दाबेदारी प्रस्तुत गरिसकेको छ ।
यता, चितवन राइनोजको यात्रा भने प्रतियोगिता सुरु भएदेखि नै उतारचढावपूर्ण रहेको छ । सिजनको सुरुवातमै कर्णाली याक्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेपछि उनीहरूको लय बिग्रिएको छ ।































प्रतिक्रिया