विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको मध्यम ब्याटिङ

विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको मध्यम ब्याटिङ

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको विराटनगर किंग्सविरुद्धकाे खेलमा चितवन राइनोजले मध्यम सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाटस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले प्रारम्भिक १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७५ रन बनाएको हाे ।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङका लागि आमन्त्रण गरेपछि चितवनका ओपनरहरूले खासै ठूलो साझेदारी गर्न सकेनन्। विराटनगरका बलर मर्चेन्ट डी लाङ्गे ले सुरुवाती ओभरहरूमा चितवनका दुई महत्त्वपूर्ण विकेट लिए। उनले दीपेन्द्र बोहरालाई ५ रन र विदेशी खेलाडी डेभिड मलानलाई १७ रनमा पेभिलियन फर्काए, जसले चितवनलाई दबाबमा ल्यायो।

साथै विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि कसिलो बलिङ गर्दै चितवनका युवा ब्याट्सम्यान देव खनालको महत्वपूर्ण विकेट लिए। उनले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए ।

चितवनका लागि देव खनालले सर्वाधिक २८ रनको योगदान दिए। उनी आउट भएपछि ब्याटिङमा आएका सैफ जैब १९ रन र अनुभवी विदेशी खेलाडी रवि बोपारा ५ रनसहित पारीलाई सम्हालिरहेका छन्।

Logo