काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको रोमाञ्चक खेलमा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सले खराब ब्याटिङ गरेकाे छ ।
१७५ रनको लक्ष्य पछ्याउन ओर्लिएको विराटनगर किंग्सको सुरुवात भने अत्यन्तै निराशाजनक रह्याे । पहिलाे पावरप्ले सकिँदा टोलीले आफ्ना महत्त्वपूर्ण ४ विकेट गुमाइसकेको छ।
पहिले ५.५ ओभरको अवस्था: ३७ रनमा ४ विकेट पतन। ओपनिङ ब्याट्सम्यान जर्ज मुन्से र लोकेश बम सस्तोमै आउट भए। सर्वाधिक २२ रन बनाएका साम हिजलेट तेस्रो विकेटको रूपमा ३४ रनको स्कोरमा आउट भए।
चितवन राइनोजका लागि रञ्जित कुमारले धारिलो बलिङ गर्दै २ विकेट लिएका छन्, भने सोहेल तनवीर र कमल ऐरीले पनि १/१ विकेट लिएर विराटनगरलाई दबाबमा राखेका छन्।





























प्रतिक्रिया