काठमाडौं । दोस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुँदै १४३ रन जोडेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३६ बलको सामना गर्दै ३ चौका प्रहार गरे । दिलीप नाथले पनि २९ बलमा ३१ रन जोडे । यस्तै, सुमित महर्जन र डी’आर्सी सर्टले समान १८/१८ रा जाेडे ।
हर्मित सिंह र अविनाश बाेहाेराले समान ३/३ विकेट लिए ।































प्रतिक्रिया