एनपीएल फाइनलः लुम्बिनी लायन्सिवरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

एनपीएल फाइनलः लुम्बिनी लायन्सिवरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल खेलमा लुम्बिनी लायन्सिवरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिपेन्द्रसिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

साविक उपविजेता रहेको सुदूरपश्चिम च्याम्पियन बन्ने दौडमा हुँदा लुम्बिनी पनि इतिहास रच्ने धुनमा मैदानमा उत्रिँदैछ । आजकाे खेलले दुवै टोलीको भाग्य र भविष्य बदल्नेछ ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सँग स्तब्ध हुँदै उपाधी चुम्न असफल सुदुरपश्चिम यसपटक मौका गुमाउन चाहँदैन । तर साइलेन्स किलरका रुपमा देखा परेको लुम्बिनी लायन्स पनि इतिहास रच्न चाहन्छ । दुवै टोली निकै बलिया र उत्कृष्ट देखिएका छन् । सुदुरपश्चिम सुरुवात देखि बलियो देखिदा लम्बिनीले पछिल्ला खेलमा उत्कृष्ट कमब्याक गरेको छ ।

Skip This
Skip This
Logo