क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

क्यानडामा सडक दुर्घटनाबाट १४ हकी खेलाडीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ओटावा क्यानडा– क्यानडाको दक्षिण पश्चिमी सास्काचवन प्रान्तमा एक ट्रकले जुनियर हकी टिमका खेलाडी लिएर गएको एक बसलाई ठक्कर दिँदा कम्तिमा १४ जना खेलाडीको मृत्यु भएको र खेलाडीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस चालकसहित २८ जनासहित राजमार्गमा गुडिरहेको बसलाई एक मालबाहक ट्रकले ठक्कर दिएपछि १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

शुक्रबार राती हुने सस्काचुवन जुनियर हकी लिग खेल्न उक्त समूह द हम्बोल्ट ब्रोन्कोस गन्तब्यतर्फ गइरहेका समय उक्त दुर्घटना भएको बताइएको छ ।

Skip This
Logo