बंगलादेशका क्रिकेट निर्देशकलाई १ बजेसम्म राजिनामाको अल्टिमेटम

बंगलादेशका क्रिकेट निर्देशकलाई १ बजेसम्म राजिनामाको अल्टिमेटम

केन्द्रबिन्दु
60
Shares

काठमाडौँ । क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेशले बंगलादेश क्रिकेट बोर्डका निर्देशक एम अमिनुल इस्लामलाई पदबाट राजीनामा दिन बिहीबार दिउँसो १ बजेसम्म अल्टिमेटम दिएको छ। समय भित्र राजीनामा नदिए खेलाडीहरूले क्रिकेटका सबै फम्र्याट बहिष्कार गर्ने चेतावनी दिएका छन्।

यो विवाद तब सुरु भयो जब अमिनुलले सिनियर क्रिकेटर तमिम इकबाललाई ‘भारतीय एजेन्ट’ भनेका थिए। तमिमले भारतसँगको क्रिकेट सम्बन्ध सुधार्न पहल गरेका थिए, तर नजमुलले उनको मजाक उडाएका थिए। बीसीबीले अमिनुलको टिप्पणीप्रति खेद प्रकट गर्दै बोर्डको आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ।

बोर्डले खेलाडी अपमान गर्ने वा बंगलादेश क्रिकेटको प्रतिष्ठामा असर पार्ने कोही पनि अनुशासनको कारबाहीको चेतावनी दिएको छ। विवादका बीच, बंगलादेशको टी–२० विश्वकप टोलीको भारत भ्रमण अझै अनिश्चित छ ।

Skip This
Skip This
Logo