क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको दोस्रो वार्मअप खेलमा क्यानडाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन जोडेको हो ।

क्यानडाका लागि ओपनर नवनीत धालीवालले सर्वाधिक ४१ रन बनाए। उनले ३६ बलको सामना गर्दै इनिङ्सलाई सम्हालेका थिए। खेलको अन्त्यतिर श्रेयस मोभाले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा नटआउट ३८ रन जोडेपछि क्यानडा सम्मानजनक योगफलसम्म पुगेको हो। त्यस्तै, कँवरपाल ताथगुरले २५ र जसकरण बुट्टरले २१ रनको योगदान दिए।

नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। दुवैले समान २–२ विकेट लिए। भुर्तेलले ताथगुर र निकोलस किर्टनलाई आउट गरे भने लामिछानेले धालीवाल र हर्ष थाकरको विकेट लिए। त्यसैगरी सोमपाल कामी र नयन यादवले १–१ विकेट चट्काए।

यसअघि मङ्गलबार नेपालले पहिलो वार्मअप खेल सोही मैदानमा युएईलाई सात विकेटले पराजित गरेको थियो । आजको खेलको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् । नियमित कप्तान रोहित पौडेल क्याम्टेन्स मिटमा सहभागी हुन मुम्बइ गएपछि दिपेन्द्रले कप्तानीको अवसर पाएका हुन् ।

Skip This
Skip This
Logo