वेस्ट इन्डिजको विजयी सुरुवात, शेफर्डले लिए ह्याट्रिकसहित ५ विकेट

वेस्ट इन्डिजको विजयी सुरुवात, शेफर्डले लिए ह्याट्रिकसहित ५ विकेट

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गर्दै शानदार सुरुवात गरेको छ। कोलकाताको इडेन गार्डेनमा भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १८.५ ओभरमा १४७ रनमै समेटिएकाे हाे ।

१८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको स्कटल्याण्डका लागि कप्तान रिची बेरिङटनले सर्वाधिक ४२ रन बनाए भने टम ब्रुसले ३५ रनको योगदान दिए। एक समय ११५/३ को बलियो अवस्थामा रहेको स्कटल्याण्डले अन्तिम ७ विकेट मात्र ३२ रनको अन्तरालमा गुमाएपछि खेल वेस्ट इन्डिजको पक्षमा गएको थियो।

वेस्ट इन्डिजको जितमा तीव्र गतिका बलर रोमारियो शेफर्ड नायक बने। उनले मात्र ३ ओभरमा २० रन खर्चेर ५ विकेट लिए। खेलको १६औं ओभरमा शेफर्डले लगातार तीन बलमा म्याथ्यु क्रस, माइकल लिस र ओलिभर डेभिडसनलाई आउट गर्दै ह्याट्रिक समेत पूरा गरे। उनको यो घातक स्पेलले स्कटल्याण्डको मध्यक्रमलाई ध्वस्त बनाएको थियो।

Skip This
Skip This
Logo