काठमाडौं । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो म्याचमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । भारतस्थित मुम्बईको वानखेडे स्टेडियममा ईंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो ।
अनुभवी बलर सोमपाल कामी आजकाे खेलमा बेन्चमा छन् । उनकाे स्थानमा नन्दन यादवलाई लिइएकाे छ । यस्तै, स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् । टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।
प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।































प्रतिक्रिया