क्यानडाद्वारा युएईलाई १५१ रनको लक्ष्य प्रस्तुत, जुनैद सिद्दिकीले लिए ५ विकेट

क्यानडाद्वारा युएईलाई १५१ रनको लक्ष्य प्रस्तुत, जुनैद सिद्दिकीले लिए ५ विकेट

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । आइसिसी पुरुष टि२० विश्वकपमा क्यानडाले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनाएकाे हाे ।

क्यानडाको सुरुवात केही फितलो रहे पनि मध्यक्रमका ब्याटर हर्ष ठाकरले टोलीलाई सम्हालेका थिए। उनले ४१ बलमा ५० रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले, जसमा २ चौका र ३ छक्का सामेल थिए। साथै नभनित धालीवालले ३४ रन र
श्रेयस मोभ्वाले २१ रन बनाए ।

युएईका बलर जुनैद सिद्दिकी आजको खेलमा हाबी रहे। उनले आफ्नो ४ ओभरको स्पेलमा ३५ रन खर्चिएर क्यानडाका ५ महत्वपूर्ण विकेट लिँदै क्यानडालाई विशाल योगफल बनाउनबाट रोके। त्यस्तै, मुहम्मद जवादुल्लाहले १ विकेट लिए।

Skip This
Skip This
Logo