नेपालको समूहमा रहेको इङ्गल्याण्डले स्कटल्याण्डलाई हरायाे

नेपालको समूहमा रहेको इङ्गल्याण्डले स्कटल्याण्डलाई हरायाे

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को २३औँ खेलमा नेपालको समूहमा रहेको इङ्गल्याण्डले स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ। टम ब्यान्टनको उत्कृष्ट ब्याटिङ र आदिल रशिदको घातक बलिङको मद्दतले इङ्गल्याण्डले दाेस्राे जित दर्ता गरेको हो।

कोलकाताको ऐतिहासिक इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो। स्कटल्याण्डका लागि कप्तान रिची बेरिंग्टनले सर्वाधिक ४९ रन बनाए पनि उनी आफ्नो अर्धशतक पूरा गर्नबाट मात्र १ रनले चुके। अन्य ब्याटरहरूमा माइकल जोन्सले ३३ र टम ब्रुसले २४ रनको योगदान दिए।

इङ्गल्याण्डका स्पिनर आदिल रशिदले ३ विकेट लिँदै स्कटल्याण्डको मध्यक्रमलाई ध्वस्त बनाएका थिए। त्यस्तै, जोफ्रा आर्चर र लियाम डसनले समान २-२ विकेट लिए।

१५३ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डको सुरुवात निकै खराब रहेको थियो। ओपनर फिल साल्ट र जोस बटलर सस्तैमा आउट भएपछि टोली १३ रनमा २ विकेटको अवस्थामा पुगेको थियो। तर, मध्यक्रमका ब्याटर टम ब्यान्टनले अविजित ६३ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई १८.२ ओभरमा जित दिलाए। उनलाई ज्याकोब बेथेलले ३२ रन र साम करनले २८ रनसहित राम्रो साथ दिएका थिए।

स्कटल्याण्डका म्याकमुलन, करी, ह्वील, लिस्क र डेभिडसनले समान १-१ विकेट लिए ।

Skip This
Skip This
Logo