वेस्ट इन्डिजको कडा बलिङसामु संघर्ष गर्दै नेपाली ब्याटर

वेस्ट इन्डिजको कडा बलिङसामु संघर्ष गर्दै नेपाली ब्याटर

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज वानखेडे स्टेडियममा भइरहेको खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। वेस्ट इन्डिजका कप्तान शाई होपले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पावरप्लेदेखि नै दबाब झेल्नुपरेको छ।

नेपालको सुरुवात अत्यन्तै निराशाजनक रह्यो। ओपनर कुशल भुर्तेल पहिलो ओभरमै अकिल होसेनको बलमा बोल्ड भए । त्यसपछि आएका कप्तान रोहित पौडेल ५ रन र आसिफ शेख पनि लामो समय टिक्न सकेनन्। जेसन होल्डर र म्याथ्यू फोर्डको कसिलो बलिङका कारण नेपालले पावरप्लेमा उल्लेख्य रन जोड्न सकेन।

आरिफ शेख पनि मात्र ४ रन बनाएर आउट भएपछि नेपाल २३/४ को कठिन अवस्थामा पुगेको थियो।

वेस्ट इन्डिजका बलरहरूले वानखेडेको पिचमा नेपाली ब्याटरलाई खुलेर खेल्ने मौका दिएका छैनन्। विशेषगरी जेसन होल्डरले २ ओभरमा मात्र ४ रन दिएर २ महत्वपूर्ण विकेट लिएका छन् भने म्याथ्यू फोर्डले आफ्नो ४ ओभरको स्पेलमा मात्र १० रन खर्चिएर १ विकेट लिए।

अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहेका छन्।

समूह ‘सी’ मा अघिल्ला दुई खेल इंग्ल्याण्ड र इटालीसँग पराजित भइसकेको नेपालका लागि यो खेल ‘कर या मर’ को अवस्थामा छ। सुपर ८ को सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, वेस्ट इन्डिज आफ्ना अघिल्ला दुवै खेल जितेर उच्च मनोबलका साथ मैदानमा छ।

Skip This
Skip This
Logo