काठमाडाैं । आईसीसी पुरुष टि२० विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले पराजित गरेको छ। यो जितसँगै इंग्ल्याण्ड सुपर-८ चरणमा पुग्ने चौथो टोली बनेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले खराब सुरुवातको बाबजुद निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०२ रनको बलियो योगफल तयार पार्यो। कप्तान जोस बटलर मात्र ३ रनमा आउट भए पनि विल ज्याक्सले मात्र २२ बलमा ५३ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले। उनलाई साम करनले २५ रन र टम बान्टन ३० रनले राम्रो साथ दिएका थिए।
इटालीका लागि ग्रान्ट स्टुअर्ट र क्रिशान कालुगामागेले समान २–२ विकेट लिए।
२०३ रनको विशाल लक्ष्य पछ्याएको इटालीले १ रनमै दुई विकेट गुमाएर अत्यन्तै खराब सुरुवात गरेको थियो। तर, मध्यक्रमका ब्याटर बेन मानेन्टीले विष्फोटक ब्याटिङ गर्दै खेललाई रोमान्चक मोडमा पुर्याए। उनले मात्र २५ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दै ६० रन जोडे।
अन्तिम ओभरहरूमा ग्रान्ट स्टुअर्टले २३ बलमा ४५ रन बनाउँदै इटालीलाई जितको नजिक पुर्याएका थिए। १८औँ ओभरमा २१ रन जोड्दै इटालीले खेल आफ्नो पक्षमा पार्ने संकेत देखाएको थियो, तर साम करन र जेमी ओभरटनको कसिलो बलिङका अगाडि इटाली १९.६ ओभरमा १७८ रनमा समेटियो।
इंग्ल्याण्डलाई जित दिलाउन जेमी ओभरटनले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १८ रन दिएर ३ विकेट लिए। यस्तै, साम करनले पनि ३ विकेट लिए भने जोफ्रा आर्चरले २ विकेट चट्काए।































प्रतिक्रिया