काठमाडौं ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकसहित हुने भएको छ । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदैछ । बीएफएफले दुबै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाईएको छ । तर, बीएफएफले फिफा र एसियाली फुटलब महासंघ (एएफसी) को नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ ।
यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने बताईएको छैन । बीएफएफले खेलको टिकट मूल्य समेत तोकेको छ । उसले भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ एक सम टाका तोकेको छ ।
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।





























प्रतिक्रिया