काठमाडौं
नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेलमा क्यानडा विरूद्ध हासिल भएको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीलार्इ ठूलो खुसी दिएको छ । "/>

नेपाली क्रिकेटः अनुभवीले डुबाए, नवप्रवेशीले जोगाए

नेपाली क्रिकेटः अनुभवीले डुबाए, नवप्रवेशीले जोगाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू मा लिग चरणको अन्तिम खेलमा क्यानडा विरूद्ध हासिल भएको रोमाञ्चक जितले नेपाली क्रिकेट प्रेमीलार्इ ठूलो खुसी दिएको छ । जितपछि नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ भने जिम्बाम्बेमा हुने विश्वकप छनोटमा सहभागी हुन पाउने पक्का भएको छ ।

तर जितको खुसीमा रमाइ रहँदा कमजोर ब्याटिङका कारण नेपाली क्रिकेटका आगामी दिन अझ संकटपूर्ण छन् भन्ने चिन्ता पनि थपिदिएको छ । जारी प्रतियोगितालार्इ हेर्ने हो भने नेपाल केवल बलरहरूको प्रदर्शनका आधारमा मात्र फाइनल सम्म पुगेको हो भन्दा गतल हुँदैन । पहिलो खेल देखि नै नेपाली बलरको दबदबा प्रतियोगिताभर रह्यो । ठीक विपरीत ब्याटिङमा नेपाल एकपछि अर्को खेलमा कमजोर बन्दै गयो ।

यो प्रतियोगिताका अहिले सम्मका खेल हेर्दा ओपनिङमा सबैभन्दा ठूलो समस्या देखियो । त्यस्तै टिममा ब्याट्सम्यानका रूपमा समावेश गरिएका र विगतमा धेरैपटक उत्कृष्ट इनिङ खेल्दै नेपाललार्इ जित दिलाएका मुख्य ब्याट्सम्यानहरू कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका भरपर्दा मानिने शरद भेषावकर चल्न सकेनन् । एउटा खेलमा पारसले अर्धशतक प्रहार गरे भने अन्य खेलमा अत्यन्त कमजोर प्रदर्शन रह्यो । डु अर डाइ को अवस्थामा रहेको क्यानडा विरूद्धको खेलमा जसरी गैरजिम्मेवार सट प्रहार गर्दै तीनै जना ब्याट्सम्यान आउट भए, त्यसले आगामी दिनमा ब्याटिङ र सट चयनमा ठूलो सुधारको आवश्यकता रहेको देखायो ।

टस जितेर पहिले बलिङ गर्दै क्यानडालार्इ २०० भन्दा कम रनमा रोकेपछि जुन धैर्यता विकेटमा देखाउनु पर्थ्यो त्यो धैर्यता तीनै जनाले देखाउन सकेनन् । स्पेशलिष्ट बलरका रूपमा टिममा समावेश गरिएका करण केसीले विस्फोटक ब्याटिङ र सन्दीपले संयमित साथ नदिएको भए यतिबेला जितको खुसी मनाइरहेका समर्थक शुभचिन्तक धारे हात लगाइरहेका हुन्थे । प्रतियोगिता भर बलिङमा सन्दीप उत्कृष्ट लयमा छन् । उनको बलिङ किफायती पनि देखिएको छ । वसन्त रेग्मी, सोमपाल कामीको प्रदर्शन पनि राम्रो छ । स्वयम् पारसले ब्याटिङ भन्दा बलिङमा राम्रो प्रदर्शन गरेका छन् । ब्याटिङमा पुराना र भरपर्दा भनिएकाहरू फ्लप भइरहेका वेला यही प्रतियोगिताबाट डेब्यु गरेका रोहितकुमार पौडेल, आरिफ शेखले भरपर्दो प्रदर्शन गरेका छन् । बलरको भूमिकामा रहने करनको क्यानडा विरूद्धको विस्फोटक ब्याटिङको जति प्रशंसा गरे पनि कम हुन्छ ।
नयाँपत्रिकाबाट

 

Logo