वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा प्रवेश

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा प्रवेश

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । दक्षिण अफ्रिका आईसीसी पुरुष टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ अन्तर्गत आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा दक्षिण अफ्रिका ९ विकेटले विजयी हुँदै अन्तिम अन्तिम चारमा स्थान पक्का गरेको हो ।

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र १६.३ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्‍यो। लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले २४ बलमा ४७ रन बनाउँदै टोलीलाई विष्फोटक सुरुवात दिएका थिए। उनी आउट भएपछि कप्तान एडेन मार्करमले ४६ बलमा ७ चौका, ४ छक्का प्रहार गर्दै ८२ रन र रायन रिकल्टनले २८ बलमा ४५ रनको अविजित साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले एक मात्र विकेट लिन सफल भए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजको सुरुवात निकै खराब थियो। टोलीले सुरुवाती ४ ओभरमै ४३ रनमा ४ विकेट गुमाइसकेको थियो। मध्यक्रमको पतन र ऐतिहासिक पुनरागमन टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको वेस्ट इन्डिजको सुरुवात बिर्सनलायक रह्यो। दक्षिण अफ्रिकी बलरहरूको धारिलो बलिङका सामु वेस्ट इन्डिजले मात्र ८३ रन जोड्दा ७ महत्वपूर्ण विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा वेस्ट इन्डिज १०० रनभित्रै समेटिने खतरा बढेको थियो। तर, अनुभवी ज्यासन होल्डर र रोमारियो सेफर्डले खेलको नक्सा नै बदलिदिए। यी दुईबीच आठौँ विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी भयो।

रोमारियो सेफर्डले ३७ बलमा ५२ रन बनाउँदै अविजित रहे भने ज्यासन होल्डरले ३१ बलमा ४९ रन बनाउँदै अन्तिम ओभरमा रनआउट हुन पुगे।

यता दक्षिण अफ्रिकाका बलरहरूले सुरुवातमा घातक बलिङ गरे पनि अन्तिम ओभरहरूमा लय गुमाए। लुङ्गी एनगिडी ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिँदै सबैभन्दा सफल बलर बने। कागिसो रबाडाले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिए।

Skip This
Skip This
Logo