Breaking News: नेपालले केन्यालाई पराजित गर्यो

Breaking News: नेपालले केन्यालाई पराजित गर्यो

केन्द्रबिन्दु
0
Shares

केन्या विरुद्धको आफ्नो चौथो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको हो । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १ सय ७८ रनको विजयी लक्ष्य पाएको थियो । 

लक्ष्य पच्छ्याउने क्रममा नेपालका लागी कप्तान पारस खड्काले ४४ बलमा ४२ रनको योगदान दिए । त्यस्तै शरद भेश्वाकरले ५७ बलमा १९ रन बनाए । ओपनर अनिल कुमार शाहलाई शून्य र ज्ञानेन्द्र मल्ललाई ९ रनमा गुमाएको नेपाल सुरुवातमा दवावमा परेको थियो । नेपालको पारी कप्तान खड्का भेश्वकरले सम्हाले ।

आजको खेलमा रोहित कुमार पोडेल र आरिफ सेखको जोडी निकै जम्यो । उनिहरुले महत्वपूर्ण ५० रनको साझेदारी गरे । रोहितले ४७ रन बनाए भने आरिफले ८२ मा ४२ रन बनाए ।

यस अघि केन्याले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

खेलको सुरुवाती चरणको निकै दवावमा रहेको नेपालका लागी सन्दिप लामिछानेले निकै उत्कृष्ट प्रदर्शन गरे । १० ओभर बलिङ गरेका सन्दिपले ५ ओभर मेडेन राख्दै २० रन दिएर ५ विकेट लिए । १६ औं ओभरबाट बलिङ थालेका सन्दिपले नेपालका लागी महत्वपूर्ण २ विकेट लिए ।

त्यस्तै बसन्त रेग्मी, सोमपाल कामी, र शरद भेश्वाकरले समान १— १ विकेट लिए ।

केन्याका लागी ओपनर ब्याट्सम्यान ईफरान करिम र अलेक्स ओबाण्डाले लामो साझेदारी गरे । १०० बलको सामना गरेका करिमले ४२ र ४५ बलको सामना गरेको ओबाण्डाले ४१ रन बनाए । त्यस्तै कोलिन्स अबोयाले ६१ बलमा २७ बनाए ।

Logo