आईसीसी विश्व लिग डिभिजन २ खेल्न अहिले नेपाली टोली नामिबियामा छ । सोमबार नेपालले प्रतियोगिताको चौथो खेल केन्यासँग खेलिरहेको छ । "/>

दिल्लीको नियमित “वाच”मा सन्दिप

दिल्लीको नियमित “वाच”मा सन्दिप

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्व लिग डिभिजन २ खेल्न अहिले नेपाली टोली नामिबियामा छ । सोमबार नेपालले प्रतियोगिताको चौथो खेल केन्यासँग खेलिरहेको छ । यसअघि खेलेका तीन खेलमध्ये नेपालले २ खेलमा विजयी हासिल गरेको छ, भने एक खेलमा पराजित भएको छ ।

सन्दिपको उत्कृष्ट प्रदर्शन

प्रतियोगिता अवधिभर नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शन देखाइरहेका छन् । केन्यासँगको जारी सोमबारको खेलमा १६ औं ओभरमा बलिङ गर्न आएका उनले २ विकेट लिए ।  उनले ४ विकेट लिएका छन् । १६ दशमलव ४ ओभरमा केन्याका ओपनर ब्यट्सम्यान अलेक्स ओबाण्डलाई पहिलो शिकार गरे भने, १८ दशमलव ४ ओभरमा धिरेन डोण्डारियालाई अर्को शिकार गरे । यी २ विकेट नै नेपालका लागी महत्वपूर्ण थिए । सन्दिपले तेस्रो विकेट ३३ दशमलव १ र चौथो विकेट ३३ दशमलव २ बलमा लिएका हुन् । त्यस्तै ४४ दशमलव ४ ओभरमा सन्दिपले व्यक्तिगत पाँचौ विकेट लिए ।

यो पनि पढ्नुहोस्: नेपालले पायो १ सय ७८ रनको विजयी लक्ष्य

यसअघि युएईसँग भएको खेलमा सन्दिपले ३ विकेट लिएका थिए । उक्त खेलमा नेपालले ४ विकेटको जित हात पारेको थियो । प्रतियोगितामा ७ ओभर बलिङ गरेका सन्दिपले १ मेडेन ओभर खेल्दै ३० रन दिएका थिए ।

त्यसैगरि ओमानसँगको खेलमा सन्दिपले २ विकेट लिए । यद्यपी नेपालले ओमानसँग खेलमा भने ६ विकेटले पराजय भोगेको थियो ।

डिभिजन २ को आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको थियो । नामिबियासँगको खेलमा सन्दिप एक्लैले ४ विकेट लिएका थिए । ८ दशमलव २ ओभर बलिङ गरेका सन्दिपले २ मेडेन ओभर खेल्दै जम्मा १८ रन दिएका थिए । नामिबियासँगको खेलमा सन्दिपका ४ विकेटले मात्रै महत्व राखेन् प्रतियोगिता अन्तिममा बलिङ गर्न आएका उनको १ रनले समेत नतिजा आफ्नो पक्षमा पार्न ठूलो भूमिका खेल्यो ।

दिल्लीको नियमित वाच

डिभिजन २ खेल्न नामिबिया पुगेको नेपाली टोलीमा नेपालका उत्कृष्ट बलर सन्दिप लामिछाने पनि सामेल छन् । लामिछाने सन् २०१८ को आईपिएल म्याचमा सहभागि हुनेछन् । दिल्ली डेयर डेविल्सले सन्दिपलाई २० लाखमा किनेको छ ।

डिभिजन २ मा अहिलेसम्म आफ्नो उत्कृष्ठ प्रदर्शन गरिरहेका सन्दिपले दिल्लीको ध्यान पनि आफुतिर तान्न सफल भएका छन् । नेपालबाट पहिलो पटक आईपिएलमा सहभागिता जनाउने खेलाडीको रुपमा आफ्नो परिचय बनाएका सन्दिपलाई दिल्लीले आफ्नो टिममा लिएसँगै अहिले उनलाई विशेष रुपमा हेरेको छ ।

प्रतियोगिताको सुरुको खेलबाट नै दिल्लीले सन्दिपको सफलतामा आफ्नो खुसी मनाइरहेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई पराजित गरेको दिन दिल्लीले आफ्नो अफिसियल ट्वीटरबाट सन्दिपलाई बधाई दिएको थियो ।

यो पनि पढ्नुहोस्: आइपिएलमा सन्दिप (भिडियो रिपोर्ट)

खेल सुरुहुनु भन्दा पहिले नै दिल्लीले एक ट्वीट गर्दै भनेको छ, सन्दिपले आज पहिलो खेल खेल्दैछन्, र सन्दिपलाई राम्रोसँग खेल भनेर सुभेक्षा प्रकट गर्छौ ।

प्रतियोगितामा नेपालका लागी सन्दिपले आफ्नो व्यक्तिगत पहिलो विकेट लिने वित्तिकै अर्को ट्वीट गरेर खुसी व्यक्त गरेको छ । त्यसो त दिल्लीले सन्दिपले लिएका हरेक विकेटपिच्छे खुसी व्यक्त गर्दै ट्वीट गर्दै आएको छ ।

नामिबियासँगको प्रतियोगितामा मात्र होईन नेपालले खेलेका हरेक खेलमा सन्दिपको विकेटमा दिल्लीले ट्वीट गर्दै सुभेक्षा दिइरहेको छ ।

केन्यासँगको खेल सुरु हुने बित्तिकै दिल्लीले एक अर्को ट्वीट लेखेको छ, सन्दिपले अहिलेसम्म नेपालको तर्फबाट राम्रो प्रदर्शन गरिरहेका छन्, आज केन्यासँगको खेलमा कति विकेट लिन्छन् ? सन्दिपले जारी प्रतियोगितामा चार खेल खेलेका सन्दिपले १४ विकेट लिइसकेका छन् ।

आईपिएलमा टिम दिल्लीको ११ भित्र

सन्दिपले आईपिएलमा दिल्ली डेयर डेभिल्सबाट खेल्ने सम्भावना बढेको छ । डिभिजन २ मा जारी सन्दिपको उत्कृष्ट प्रदर्शनले दिल्लीलाई प्रभाव पार्न सक्छ ।

दिल्लीले सन्दिपलाई गरिरहेको नियमित वाचले पनि सन्दिपले दिल्लीको तर्फबाट आईपिएलका महत्वपूर्ण खेलहरु खेल्न पाउने पुष्टी गर्दछ । यद्यपी सन्दिपलाई आईपिएलमा टिम दिल्लीले ११ भित्र राख्ने नराख्ने आधिकारीक धारणा भने सार्वजनिक भएको छैन् ।

तर सन्दिपको जारी प्रदर्शन र दिल्लीको नियमित वाचले सन्दिप ले टिम दिल्लीको ११ भित्र पर्नेसम्भावना निकै बढेको छ ।

यो पनि पढ्नुहोस्:

तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले हरायो

विश्व क्रिकेट लिग डिभिजन २ः नेपाल ओमानसँग पराजित

नामिविया विरुद्ध नेपालको सानदार जित

 

Logo