काठमाडौं ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र युएई भिड्दैछन् । यसअघि १ खेलमा जीत र एक खेलमा पराजय बेहोरेका दुबैका लागी आजको खेल उत्तिकै महत्वपूर्ण छ ।
दिउँसो १ बजेपछि खेल नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा हुनेछ । यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो।
यूएले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो।
डिभिजन–२ अन्तर्गत आजै नामिबिया र ओमान तथा केन्या र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ।
डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ।





























प्रतिक्रिया