काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबिया आज भिड्ने भएका छन् । "/>

डिभिजन २ः नेपाल र नामिबिया भिड्दै (खेल तालिकासहित)

डिभिजन २ः नेपाल र नामिबिया भिड्दै (खेल तालिकासहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र नामिबिया आज भिड्ने भएका छन् । एक अर्काका चिरपरिचित प्रतिद्धन्द्धी नेपाल र नामिबिया तीन वर्षको अवधिमा ३ खेलमा भिडिसेका छन् । चौथो खेल आज सवा १ बजेपछि सुरु हुनेछ ।

यसअघि सन् २०१५, २०१६ मा भएका प्रतियोगितामा नेपालले नामिबियालाई पारजित गरेको थियो । डिभिजन २ को तयारी नेपाली टोलीले युएइमा गरेको थियो भने नामिबियाले दक्षिण अफ्रिकामा गरेको थियो ।

डिभिजन २ कै दौरानमा सन् २०१५ मा नामिबियाको घरेलु मैदानमा भएको खेलमा नेपालले नामिविषलाई पारजित गरेको थियो । यस्तै सन् २०१६ अप्रिलमा नेपाल र नामिबियाबीच डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरस्थित टियू मैदानमा भएका दुवै खेलमा नेपाल विजयी भएको थियो । पहिले खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल खेल्न बाँकी छँदा ७ विकेटको नोक्सानीमा पार गर्यो ।

नेपाली टोलीमा को को छन् ?

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो।

यस्तो छ खेल तालिका

माघ २५ गते

केन्या VS यूएई – वान्डरर्स मैदान 
नेपाल VS नामिबिया – डब्लुएपी मैदान
ओमान VS क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

माघ २६ गते

युएई VS क्यानडा – वान्डरर्स मैदान 
नेपाल VS ओमान – डब्लुएपी मैदान
केन्या VS नामिबिया – ट्रस्टको युनाइटेड मैदान

माघ २८ गते

नामिबया VS ओमान – वान्डरर्स मैदान 
केन्या VS क्यानडा – डब्लुएपी मैदान 
नेपाल VS यूएई – ट्रस्टको युनाइटेड मैदान 

माघ २९ गते

नेपाल VS केन्या – वान्डरर्स मैदान 
यूएई VS ओमान – एब्लुएपी मैदान 
नामिबिया VS क्यानडा – ट्रस्टको युनाइटेड मैदान 

फागुन २ गते 

नेपाल VS क्यानडा – वान्डरर्स मैदान 
यूएई VS नामिबिया – डब्लुएपी मैदान
केन्या VS ओमान – ट्रस्टको युनाइटेड मैदान 

फागुन ३ गते 

फाइनल – वान्डरर्स मैदान 
तेस्रो र चौथो प्लेअफ – डब्लुएपी मैदान 
पाँचौं र छैटौं प्लेअप – ट्रस्टको युनाइटेड मैदान

Logo