बाल्टिमोरमा नेपालीको ‘स्म्यास युद्ध’: एमएनबीसी ब्याडमिन्टन प्रतियोगिताले मच्चाउँदै धमाका

बाल्टिमोरमा नेपालीको ‘स्म्यास युद्ध’: एमएनबीसी ब्याडमिन्टन प्रतियोगिताले मच्चाउँदै धमाका

केन्द्रबिन्दु
78
Shares

बाल्टिमोर। अमेरिकामा रहेका नेपालीहरूबीच खेलकुदको जोश र एकताको शक्ति देखाउने तयारी तीव्र बनेको छ। मेरिल्याण्ड नेप्लिज ब्याडमिन्टन क्लब (एम.एन.बी.सी.) ले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आफ्नो दोस्रो वार्षिक ब्याडमिन्टन प्रतियोगिता धमाकेदार रूपमा आयोजना गर्ने घोषणा गरेको छ ।

मार्च २८, २०२६ (शनिबार) पार्कभिलमा रहेको लक रेभन ब्याडमिन्टन क्लबमा हुने यो प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ। गत वर्षको भव्य सफलतापछि यसपटक प्रतियोगिता अझ ठूलो, अझ प्रतिस्पर्धात्मक र अझ प्रभावशाली हुने दाबी आयोजकको छ।

(एम.एन.बी.सी.)ले यस प्रतियोगितामार्फत अमेरिका भर छरिएका नेपाली खेलाडीहरूलाई एउटै कोर्टमा उतार्दै खेलकुदमार्फत एकता, प्रतिस्पर्धा र पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ। न्यूयोर्कदेखि भर्जिनिया र बोस्टनदेखि ओहायोसम्मका खेलाडीहरू सहभागी हुने अपेक्षाले प्रतियोगिता ‘हाई-भोल्टेज’ बन्ने संकेत देखिएको छ ।

पुरुष डबल्स मुख्य आकर्षणका रूपमा रहनेछ भने महिला डबल्स पनि विशेष प्रतिस्पर्धाको केन्द्र बन्नेछ। विजेताहरूका लागि राखिएको आकर्षक नगद पुरस्कारले प्रतियोगिताको स्तर अझ माथि पुर्याएको छ। पहिलो पुरस्कार २,५०० डलर, दोस्रो १,५०० डलर र तेस्रो ५०० डलर सहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५० डलर प्रदान गरिनेछ।

प्रतियोगितालाई केवल खेलमा सीमित नराखी नेपाली समुदायको उत्सवका रूपमा रूपान्तरण गर्न आयोजकले निःशुल्क भोजनको व्यवस्था समेत गरेको छ, जसले सहभागी र दर्शक दुवैलाई थप आकर्षित गर्नेछ।

अब प्रश्न एउटै छ-को बन्छ बाल्टिमोरको कोर्टमा नयाँ ‘च्याम्पियन’? उत्तर खोज्न, मार्च २८ मा सबैको नजर पार्कभिलमा हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले (एम एन बी सी) का अध्यक्ष कुलबहादुर रोका (४४३–६५३–८२३६) वा महासचिव सुदर्शन पौडेल (४४३–८४६–७०१८) सँग सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ । नेपाली नयाँ वर्षको सुरुवात यसपटक अमेरिकामा ‘स्म्यास’ र ‘-र्याली ’सँगै हुने पक्का भएको छ । यस प्रतियोगिताको मुख्य प्रायोजकमा निक अधिकारी,(बाल्टीमोर बिजनेस ब्रोक्रेज) र सह प्रायोजकमा भूपेन्द्र थापा ( खुशी अटो ) रहेका छन्।

Logo