सुर्खेत। कर्णाली प्रदेश सरकारले खेलकुद विकास परिषद्का रिक्त पदाधिकारी र सदस्य पदहरूमा नियुक्ति प्रक्रिया पूरा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को सदस्य सचिवमा वीरेन्द्रनगर–७, सुर्खेतका रवीन्द्र चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ भने उपाध्यक्ष पदमा वीरेन्द्रनगर–५, सुर्खेतका प्रमोद हमाललाई नियुक्त गरिएको छ।
त्यस्तै, परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल, भीमकुमारी भुसाल, गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई मनोनित गरिएको छ। प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले नियुक्ति प्रक्रियाले परिषद्का रिक्त पदहरू भर्ने मात्र नभई खेलकुद विकासका कामलाई गति दिने उद्देश्य राखेको जानकारी दिएका छन्।
सरकारी निर्णयअनुसार नियुक्तिहरूले परिषद्का नीतिगत तथा प्रशासनिक कार्यहरू सशक्त रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ। यससँगै प्रदेशस्तरमा खेलकुद प्रवद्र्धन, योजना कार्यान्वयन र सदस्यहरूको सक्रिय सहभागिताले खेलकुद क्षेत्रमा समग्र विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।





























प्रतिक्रिया