आईपीएल २०१८: खेलाडीहरु लिलामीमा, कसको रेट कति ?

आईपीएल २०१८: खेलाडीहरु लिलामीमा, कसको रेट कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) २०१८ को लागि खेलाडीहरुको लिलामी सुरु भएको छ । 

 शिखर धवनबाट लिलाम सुरु भएको भएको थियो । उनलाई मुम्बई इण्डियन्स र किङ्ग्स इलाभेन पञ्जाबले आफ्नो समुहमा ल्याउन निकै प्रयास गरे । अनलाइ पञ्जाबले ५.२ करोडको बोली लगाएको थियो तर अन्त्यमा हैदराबाद राइट टु म्याच कार्ड प्रयोग गरेर शिखर धवनलाई आफ्नो टिममा ल्याए । त्यस्तै यो पटक युवराज सिंह र गौतम गाम्भीर सस्तोमै बिके । युवराजलाई पञ्जाबले न्यूनमत मूल्य २ करोडमा किनेको छ । भने  गौतम गाम्भीरलाई २.८ करोडमा दिल्ली डेयरडेभिल्सले किनेको छ ।

वेष्टइण्डिजका क्रिकेट गेललाई कुनै पनि टिमले किन्न तयार भएनन् । इंग्ल्याण्डका कप्तान जोरु एट पनि विक्री भएनन् । भारतका मुरली विजय, दक्षिण अफि्रकाका अहिम अमला र न्यूजिल्याण्डका मार्टिन गुप्टिलमाथि पनि सुरुवाति चरणमा कुनै पनि टिमले बोली लगाएनन् ।

इंग्ल्याण्डका बेन स्टोक सबैभन्दा महंगो मुल्यमा विक्री भएको छ । उनलाई राजस्थान रोयल्सले १२.५ करोडमा किनेको छ । त्यस्तै भारतका लोकेस राहुललाई किङ्ग्स इलाभेन पञ्जाबले ११ करोडको बोली लगाएको छ । क्रिस लिनलाई कोलकत्ता नाइट राइडर्सले ९.६ करोडमा किनेको छ भने अष्ट्रेलियाका बलर मिचेल स्टमर्कलाई कोलकत्ता नाइट राइडर्सले ९.४ करोडको बोली लगाएका छन् ।

Logo