काठमाडौँ । एसियाली खेलकुदको छनोट प्रतियोगिता र विश्व च्याम्पियनसिपमा भाग लिन नेपाली क्लाइम्बिङ टोली आइतबार चीन जाने भएको छ ।
टोलीमा पुरुषतर्फ तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरी सहभागी हुनेछन् । प्रतियोगिता चीनको मिसानमा चैत २५ देखि २९ गतेसम्म हुनेछ ।
नेपालले बाउल्डर र लिड विधामा प्रतिस्पर्धा गर्नेछ । एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ भित्र पर्नुपर्ने लक्ष्य राखिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले आज बिदाइ गरेको छ ।





























प्रतिक्रिया