आईपीएल :गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

आईपीएल :गुजरातलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

केन्द्रबिन्दु
21
Shares

अहमदाबाद। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गर्दै शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राजस्थानले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साइ सुदर्शनले उत्कृष्ट प्रदर्शन गर्दै ४४ बलमा ७३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यसैगरी जोस बटलरले २६, राशिद खानले २४ तथा कागिसो रबाडाले अविजित २३ रन बनाए ।

राजस्थानका लागि रवि बिश्नोईले ४ विकेट लिए भने नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै २१० रन बनाएको थियो । राजस्थानका ध्रुव जुरेलले ४२ बलमा ७५ रनको शानदार पारी खेले । यशस्वी जैसवालले ५५ रनको योगदान दिए ।

यो जितसँगै राजस्थानले लगातार दोस्रो जित दर्ता गर्दै ४ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा पुनः कब्जा जमाएको छ । गुजरात भने लगातार दोस्रो हारपछि अंकविहीन रहँदै सातौँ स्थानमा झरेको छ ।

Skip This
Skip This
Logo