एकै परिवारको भलिबल टिम, बुबासँगै तीन छोरा मैदानमा

एकै परिवारको भलिबल टिम, बुबासँगै तीन छोरा मैदानमा

केन्द्रबिन्दु
36
Shares

म्याग्दी। धवलागिरि गाउँपालिका–३ फलियागाउँमा एकै परिवारका चार जना सदस्य भलिबल टिममा खेल्दै आएका छन् ।

सबाहादुर गोतामे र उनका तीन छोरा-नरेश, नवीन र केशव मिलेर टिम बनाएका छन् । अन्य दुई खेलाडी थपेर उनीहरू विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

बुबाबाटै प्रेरित भएर छोराहरूले भलिबल खेल्न थालेका हुन् । अहिले ‘घरपरिवार भलिबल’ नामले चिनिने यो टोली स्थानीय प्रतियोगितामा सक्रिय छ र हालैका केही प्रतियोगितामा उपाधिसमेत जितेको छ ।

चारै जनाले टिमका विभिन्न भूमिका सम्हाल्न सक्छन् । खेलसँगै पढाइ र अन्य कामसमेत सँगै अगाडि बढाइरहेका छन् ।परिवारको प्रयास र निरन्तरताका कारण यो टिम स्थानीय स्तरमा चिनिन थालेको छ भने दर्शक र शुभेच्छुकबाट सहयोगसमेत प्राप्त हुन थालेको छ ।

Logo