करण केसीको जिज्ञासा- खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल प्रतिबन्ध हुन्छ ?

करण केसीको जिज्ञासा- खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल प्रतिबन्ध हुन्छ ?

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङको स्तरलाई लिएर विवाद चर्किएको छ । मैदानमा अम्पायरको निर्णयप्रति खेलाडीहरूले बारम्बार असन्तुष्टि जनाइरहेका बेला राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर करण केसीको एउटा सामाजिक सञ्जालको टिप्पणीले अहिले खेल जगतमा तहल्का पिटेको छ ।

अम्पायरका कतिपय विवादास्पद निर्णयका कारण खेलाडीहरू मारमा परेको भन्दै आलोचना भइरहेको सन्दर्भमा करणले फेसबुकको एक व्यङ्ग्यात्मक र आक्रोशपूर्ण कमेन्ट गरेका हुन्। उनले अम्पायरमाथि हुन सक्ने भौतिक कारबाही र त्यसको परिणामबारे प्रश्न गर्दै लेखेका छन्, ‘यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति म्याच प्रतिबन्ध हुन्छ ? ‘जस्ट फर कोइरी,’ खेलाडीको ज्ञान र सुरक्षाका लागि।’

विशेषगरी करणले उक्त कमेन्टलाई चार पटकसम्म इडिट गरेर परिमार्जन गर्नुले उनको मनमा रहेको तीव्र असन्तुष्टिलाई प्रष्ट पारेको छ ।

शुक्रबार मात्रै मधेश प्रदेशविरुद्ध खेलको २३औं ओभरको दोस्रो बलमा अम्पायरले एलबिडब्लु अपिलमा आउट नदिएपछि बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले झन्डै २ मिनेट खेलका अम्पायरसँग असन्तुष्टि पोखेका थिए । प्रतिश जिसीको बलमा निकै कठिन निर्णय आउट नदिएपछि सुरुवातमा अम्पायरसँग सामान्य सोधपुछ गरेका सन्दीप बिस्तारै आक्रोशित भएपछि सहकर्मी इशान पाण्डे, विवेक राना मगर लगायतले उनलाई समाउनुपरेको थियो । तर यसमा नेपाल क्रिकेट संघ(क्यान)ले भने कुनै प्रतिक्रिया दिएको छैन ।

Skip This
Skip This
Logo