कर्बिर तामाङ बने कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ काे विजेता

कर्बिर तामाङ बने कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ काे विजेता

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि.द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ शुक्रबार र शनिबार सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्समा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी थिए।

प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याटमा ¾ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनरअप भए।

बेस्ट ग्रस विनरको उपाधि हरिबहादुर थापा ले ३५ स्कोरसहित जिते । महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनरअप रहिन्।

सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनरअप बने । सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने।

महिलातर्फ सिनियर (६० वर्षमाथि) देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा सन्ध्या राई विजेता घोषित भए। विशेष विधातर्फ हरि बहादुर थापाले होल नम्बर १२ मा ‘होल इन वान’ गर्दै प्रतियोगिताको विशेष आकर्षण बने। मोस्ट बर्डिज अवार्ड कर्बिर तामाङले ४ बर्डीसहित जिते।

त्यस्तै, लङगेस्ट ड्राइभमा सरोज थापा, क्लोजेस्ट टू दी पिनमा खिम गौचन, तथा स्पोर्ट्ससिप प्राइज ब्रिगेडियर जनरल शशि किरण रायमाझी ले प्राप्त गरे।

Skip This
Skip This
Logo