काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको संयुक्त अरब इमिरेट्स (यूएई)ले पहिलाे १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको छ।
यूएईको सुरुआत कमजोर रह्यो । टोलीले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो। अदीब उस्मानी १ रनमा आउट भए। त्यसपछि मुहम्मद शहदाद २ रनमा पेभिलियन फर्किए भने आर्यंश शर्मा १८ रन बनाएर आउट भए।
हाल हरप्रीत सिंह १७ रनमा अविजित छन् र यूएईको इनिङ्स सम्हाल्ने प्रयासमा छन्।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारेका छन् । यूएईलाई जितका लागि अब ४० ओभर १ बलमा १६२ रन आवश्यक छ।





























प्रतिक्रिया