काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानले प्रस्तुत गरेको ३०६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ धराशायी बनेको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ताजा अवस्थामा नेपालले २०.४ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर मात्र ७६ रन जोड्न सकेको छ। नेपालका माथिल्लो क्रमका ब्याटरहरू ओमानको कसिलो बलिङ सामु निरीह देखिएका छन्। ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमै आउट भए भने अर्का ओपनर आसिफ शेख १९ रन बनाएर पभेलियन फर्किए।
त्यसैगरी, कप्तान रोहित पौडेल १० रन र बसिर अहमद मात्र १ रनमा आउट भएपछि नेपाल संकटमा परेको हो। केही समय क्रिजमा टिकेका भीम सार्की २८ रन बनाएर आउट भएका छन्।
ओमानका लागि सकिल अहमद र नदीम खानले समान २–२ विकेट लिएका छन् भने वसिम अलीले १ विकेट हात पारेका छन्।
नेपाललाई जितका लागि अझै २३० रनको आवश्यकता छ भने हातमा ५ विकेट मात्र बाँकी छ। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐरी १२ रन र आरिफ शेख १ रन बनाएर खेलिरहेका छन्। रनरेटको दबाब बढ्दै जाँदा नेपालका लागि यो लक्ष्य पछ्याउन निकै कठिन देखिएको छ।































प्रतिक्रिया