बार्सिलोना उपाधि नजिक

बार्सिलोना उपाधि नजिक

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २–१ गोल अन्तरले पराजित गरेको छ।

पाम्प्लोनास्थित ओसासुनाको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोना लिग उपाधि नजिक पुगेकाे हाे । खेलको सुरुवातमा लामिन यामल र राफिन्हा जस्ता मुख्य खेलाडीहरू सुरुवाती सेटमा नहुँदा बार्सिलोनाले ओसासुनाको रक्षापंक्ति तोड्न निकै संघर्ष गर्नु परेको थियो।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र खेल केही सुस्त देखिएको थियो। यद्यपि, दोस्रो हाफमा प्रशिक्षक हान्सी फ्लिकको टोलीले खेलको गति बढाउँदै ओसासुनाको पोस्टमा निरन्तर आक्रमण बुनेको थियो।

खेलको ८० औं मिनेटमा मार्कस रासफोर्ड र रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट तालमेलमा बार्सिलोनाले पहिलो गोल गर्दै अग्रता लियो। त्यसको केही मिनेट लगतै फेर्मिन लोपेज र फेरान टोरेसको समन्वयमा बार्सिलोनाले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको थियो। खेलको अन्तिम समयमा ओसासुनाले एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन।

Skip This
Skip This
Logo