न्युजिल्यान्डको विश्वकप फुटबल खेल्ने अन्तिम टोली घोषणा

न्युजिल्यान्डको विश्वकप फुटबल खेल्ने अन्तिम टोली घोषणा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । न्युजिल्यान्डले फिफा विश्वकप–२०२६ खेल्ने २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।

न्युजिल्यान्डले तेस्रो पटक विश्वकपमा सहभागिता जनाउँदैछ । यसअघि टोलीले सन् १९८२ र २०१० मा विश्वकप खेलेको थियो ।

न्युजिल्यान्डले ओसियाना क्षेत्र छनोटको शीर्ष स्थानमा रहँदै १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो । समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम, इजिप्ट र इरान छन् । न्युजिल्यान्डले जुन १५ मा इरानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । न्युजिल्यान्डले जुन २१ मा इजिप्ट र जुन २६ मा बेल्जियमको सामना गर्नेछ ।

न्युजिल्यान्डको अन्तिम टोली

गोलकिपरः म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन, माइकल वाउड

डिफेन्डरः टेलर बिनडन, माइकल बोक्सल, लिबेराटो काकास, फ्रान्सिस डे उरिएस, क्यालन इलिएट, टिम पाएने, नान्दो पिजिनाकर, टोमी स्मित, फिन सुर्मान
मिडफिल्डरः लाचलन बाएलिस, जोए बेल, एलेक्स रुफर, मार्को स्टामेनिक, रायन थोमस

फरवार्डः कोस्टा बार्बरोसेस, म्याट गार्बेट, एली जस्ट, क्यालुम म्याककोवाट, बेन ओल्ड, जेसी रान्डल, सर्प्रित सिंह, बेन वायन, क्रिस उड

Skip This
Skip This
Logo