काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्ध जारी खेलमा नेपालले आक्रामक सुरुवात गरे पनि आफ्ना दुवै ओपनर ब्याटरलाई गुमाएको छ। स्कटल्याण्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८ ओभरमा २ विकेट गुमाएर ५९ रन बनाएको छ।
नेपालका लागि इनिङ्सको सुरुवात गर्दै दुवै ओपनरले टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। विस्फोटक ब्याटिङ गरेका आसिफ शेख १७ बलमा ३ चौका र २ छक्काको मद्दतले २९ रन बनाई रनआउटको सिकार भए। उनलाई जर्ज मुन्सेले रनआउट गरेका हुन्।
त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल २७ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन बनाएर पभेलियन फर्किए। उनलाई स्कटल्याण्डका बलर ब्रान्डन म्याकमुलनले एलबीडब्लु धरापमा पारेका थिए।































प्रतिक्रिया