रोनाल्डोको नेतृत्वमा पोर्चुगलको टोली घोषणा

रोनाल्डोको नेतृत्वमा पोर्चुगलको टोली घोषणा

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । पोर्चुगलले आगामी सन् २०२६ को फिफा विश्वकपका लागि आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको कप्तानीमा बलियो टोली सार्वजनिक गरेका हुन्।

आफ्नो छैटौँ विश्वकप खेल्ने तयारीमा रहेका ४१ वर्षीय रोनाल्डोलाई आक्रमण पंक्तिमा साउदी क्लब अल नासरकै सहकर्मी जोआओ फेलिक्स, चेल्सीका पेड्रो नेतो र पीएसजीका गोन्सालो रामोसले साथ दिनेछन्। टोलीको मिडफिल्ड सम्हाल्ने जिम्मेवारी म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस र म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको काँधमा छ, जसलाई पीएसजीका युवा स्टार भिटिन्हा र जोआओ नेभेसले बलियो टेवा दिनेछन्।

त्यस्तै, रक्षापंक्तिमा म्यानचेस्टर सिटीका रुबेन डियास, म्यानचेस्टर युनाइटेडका डिओगो डालोट र पीएसजीका नुनो मेन्डिस जस्ता विश्वस्तरीय डिफेन्डरहरू समावेश छन्। पोर्चुगलको गोलपोष्टको जिम्मेवारी भने पोर्टोका डिओगो कोस्टाले मुख्य गोलकिपरका रूपमा सम्हाल्ने प्रवल सम्भावना छ।

उत्तर अमेरिका (अमेरिका, क्यानडा र मेक्सिको) मा आयोजना हुन गइरहेको यस विश्वकपमा पोर्चुगल समूह ‘के’ मा रहेको छ। पोर्चुगलले जुन १७ मा प्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। यस समूहमा कङ्गोका साथै उज्वेकिस्तान र कोलम्बिया रहेका छन्। अहिलेसम्म विश्वकपको उपाधि जित्न नसकेको पोर्चुगल यसपटक रोनाल्डोको कप्तानीमा ऐतिहासिक सफलता प्राप्त गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

Skip This
Skip This
Logo