काठमाडौं। गएराती सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अगावै ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ।
खेलको ३८ औं मिनेटमा जुनिअर कुप्रीले गोल गर्दै घरेलु टोली बर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा अन्तिम समयमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काएपनि सिटीलाई उक्त नतिजा प्रशस्त रहेन।
आर्सनलले २२ वर्षपछि उपाधि जितेको हो। यसअघि २००३-४ सिजनमा टोलीले अपराजित रहँदै उपाधि जितेको थियो। अब अर्को हप्ता अन्तिम खेल हुनेछ। आर्सनलको ३७ खेलबाट ८२ अंक रहेको छ भने दोस्रो स्थानका सिटीको ७८ अंक छ।





























प्रतिक्रिया