अमेरिकाविरुद्ध इशान पाण्डेको अर्धशतक

अमेरिकाविरुद्ध इशान पाण्डेको अर्धशतक

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालका इशान पाण्डेले अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि इशानले ६१बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

यो उनको अन्तर्राष्ट्रिय एकदिवसीयमा दोस्रो अर्धशतक हो । उनले यसअघि अमेरिकाविरुद्धको खेलमा सिनियर टोलीमा डेब्यू गरेका थिए र दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका थिए ।

Skip This
Skip This
Logo