काठमाडौं । फिफा विश्वकप- २०२६ का लागि इंग्ल्यान्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक थोमस टुसेलले शुक्रबार जुन १२ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
समूह ‘एल’मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा छन् । उपाधि दाबेदार इंग्ल्यान्डले जुन १७ मा क्रोएसियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
इंग्ल्यान्डले जुन २३ मा घाना र जुन २७ मा पानामाको सामना गर्नेछ ।
टोलीमा कोल पाल्मर, फिल फोडेन, ह्यारी मग्वायर, ट्रेन्ट अलेक्सजेन्डर आर्नोल्डजस्ता खेलाडी छैनन् । मार्कस रासफोर्ड, इभान टोनी, डान बर्नलाई भने टोलीमा समेटिएको छ ।
इंग्ल्यान्डको टोली :
गोलकिपर : डिन हेन्डरसन, जोर्डन पिकफोर्ड, जेम्स ट्राफोर्ड
डिफेन्डर : डान बर्न, मार्क गुइही, टिनो लिभ्रामेन्टो, डिजेड स्पेन्स, रीस जेम्स, एज्री कोन्सा, निको ओ’रेली, जोन स्टोन्स, जारेल क्वान्सा
मिडफिल्डर : एलियट एन्डरसन, जुड बेलिङघम, एबेरेची एजे, जोर्डन हेन्डरसन, कोबी मिनो, डेक्लान राइस, मोर्गन रोजर्स
फरवार्ड : एन्थोनी गोर्डन, ह्यारी केन, नोनी माडुके, मार्कस रासफोर्ड, बुकायो साका, इभान टोनी, ओली वाट्किन्स































प्रतिक्रिया